दमक/ पूर्वमै विश्वसनीय ल्याब सेवा दिँदै आएको दमकस्थित निर्णायक ल्याबले स्वास्थ्य परिक्षणको शुल्कमा सर्वसाधारणलाई लक्षित गर्दै भारी छुट दिने भएको छ । अहिले बढदो स्वास्थ्य समस्या र आर्थिक अभावका कारण आफनो स्वास्थ्य अवस्था यकिन गर्नबाट बञ्चित सर्वसाधारणलाई लक्षित गर्दै निर्णायकले होलबडी ( पुरा स्वास्थ्य परिक्षण)मा ४० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
दमकमा अनुभवी चिकित्सक तथा स्वास्थ्य क्षेत्रका जानकार लगानीकर्ताहरुको लगानीमा दमक चोकस्थित भिसी मार्कट भित्र सञ्चालित यो ल्याबमा प्रयोग भइरहेका रगत परिक्षण गर्न आवश्यक उपकरण तथा केमिकलहरु गुणस्तरीय भएकै कारण यसले दिने रिपोर्ट भरपर्दो र विश्वसनिय मानिन्छ ।
यो ल्याबमा परिक्षण पश्चात प्राप्त रिपोर्ट जुनसुकै स्वास्थ्य संस्थामा पनि मान्य हुने गरेको निर्णायक ल्याबका प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीले जानकारी दिए ।
ल्याबमा मुटु, मिर्गौला र कलेजोको जाँच समेत अत्याधुनिक र गुणस्तरीय प्रविधिको प्रयोगबाट हुने गरेको छ । त्यस्तै थाइराइड, प्रोस्टेड, क्यान्सर र शरिरमा भिटामिनहरुको मात्रासँगै हर्मोन र युरिनका सबै जाँचहरु ह्ुने गरेको छ ।
बिश्वबिख्यात केलिया ब्राण्डका ब्याकमेन कुल्टर एसेस टु र इर्वा कम्पनीका उत्कृष्ट मेशिनहरुबाट स्वास्थ्य परिक्षण गरिन्छ । ब्याकमेन कुल्टर मेशिन क्यान्सर, प्रोस्टेट, थाइराइड, भिटामिन जस्ता महत्वपुर्ण टेस्टहरु गर्न बिश्वमै राम्रो मेशिनमध्ये एक हो । यो मेशिन नेपालमा रहेका ठुला मेडिकल कलेजहरु र ए ग्रेडका ल्यावहरुले मात्र प्रयोग गर्ने गरेको पाइन्छ । यहाँ ब्याकमेन कुल्टरकै अर्काे मेशिनले सिबिसी जाँच गरिन्छ – ल्याबका प्रमुख कार्यकारी अधिकृत कार्कीले भने ।
रगत परिक्षण गर्ने नाममा दमकमा जथभावी खुलेका प्याथोलोजीहरुले दिने रगत जाँचको रिपोर्टका कारण हैरानी ब्यहोरिरहेका सर्वसाधारणले कुनै पनि परिक्षण गर्नु अघि परिक्षण गर्ने ल्याब तथा त्यहाँ प्रयोग हुने उपकरण र केमिकलहरुका बारेमा पर्याप्त जानकारी लिनु आवश्यक छ– प्रमुख कार्यकारी अधिकृत कार्कीले भने ।
कार्कीका अनुसार बिर्तामोड, इलाम र पाँचथरका बिभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरु, निजी क्लिनिक, फार्मेसीहरुबाट समेत ल्याब सेवाका लागि बिरामीहरु आउने गरेका छन ।
चार बर्ष अघि २०७६ साल जेठ १५ गते स्थापना भएको ल्यावले आफ्नो स्थापनाको अवसरमा समेत यसअघि होलबडी लगायतका स्वास्थ्य जाँचमा भारी छुटको सुविधा ल्याएको थियो ।
होलबडीमा न्युनतम ३५ सयदेखि १० हजार ५ सयसम्मका बिभिन्न प्याकेजहरु राखिएको छ । त्यस्तै सम्पूर्ण स्वास्थ्य जाँचमा १० देखि ३० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । त्यस्तै थाइराइडका बिरामीहरुका लागि थाइराइड जाँचमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । त्यसैगरी सुगरका बिरामीहरुका लागि निशुल्क सुगर जाँचको सुबिधा पनि दिएको छ ।
आर्थिक हिसावले बिपन्न बिरामीहरुलाई पनि सुगर जाँचमा समस्या सहज होस् भनेर दैनिक निशुल्क सुगर जाँचको ब्यवस्था गरिएको ल्याबले जनाएको छ ।
२०७६ साल जेठ १५ गते दमक चोकको भिसी मार्केटमा स्थापना भएको यो ल्याव दमकको एकमात्र विश्वसनिय र मान्यता प्राप्त अत्याधुनिक प्रविधि जडित ल्याव हो ।
