वुद्धका मात्र बनेउ तर बुद्धत्व ग्रहण गर्न सकेनौ !!
कृष्णको जै जकार गरेपनि बैतरी तर्न सकेनौ !!
अनेकतामा एकता वीर नेपाली मूलमन्त्र घोकियो,
नबुझे रै त होला एक आपसमा स्वीकार्न सकेनौ !!
२)
हिड्दा हिड्दै उकालीमा एक्लो म साथमा छिन् लौरी !!
पर्खाई छ सूर्यदेब को एका बिहानै पाथमा छिन् मौरी !!
हे देब ल रोज मौरी, कि त खोज झिककगा, गन्तब्य तिम्रै हो,
बनाई गन्तब्य पच्छ्याई रहनु किरण गाथमा छिन् सौरी !!
३)
शत्रुका तब दिन खुल्छन् जव भाइ भाइ फुट्छन् !!
बुद्धि भएका त बीचारमा लड्छन् तरपनि जुट्छन् !!
लोकतन्त्रबादी एक ढिक्का भएर दुश्मनसंग लडिए,
विस्तारबादी पनि ढुकेर नबसी आफै आफै टुट्छन !!
४)
सकारात्मक सोच्नु पर्छ भनेर सोचि राखेको !!
बिकृत्तिले यो मन कता कता घोचि राखेको !!
प्रयोगशाला मात्रै बनाए मेरो सुन्दर देशलाई ,
समृद्धिको अग्लाई घरी घरी होची राखेको !!
दिपेन्द्र अधिकारी , हाल जापान