शिवसताक्षी / शिबसताक्षी नगरपालिकाकी पूर्व स्वास्थ्यकर्मी स्वर्गीय सुजना सेर्माको स्मृतिमा बृहत रक्तदान तथा निशुल्क स्वस्थ्य शिबिर आज मंगलबार सम्पन्न भएको छ । शिबसताक्षी ८ स्थित भगवती आधारभुत बिद्यालयको प्राङ्गणमा नगरप्रमुख चन्द्रकुमर सेर्माको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । उनले स्वर्गीय सुजनाको योगदानको नगरले सधै कदर गर्ने बताए ।

सोही अवसरमा समाजमा विशिष्ट योग्दान गर्ने २ वटा संस्था तथा २ जना ब्यक्तिलाई सम्मान गरिएको छ । सम्मनित हुनेमा सताक्षीधाम जेसिज बर्ष २०२० , जिवन चक्र समाज नेपाल दमक , समाजसेवी दलकुमार सेर्मा र जेष्ठ नगरिक ८८ बर्षिय चन्द्रबहादुर सेर्मालाई रहेका छन । उनीहरुलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको हो । सो कार्यक्रममा २९ पिन्ट रगत संकलन हुनुको साथै १६० जना भन्दा धेरैले स्वस्थ्य जाँच गराएको बिद्यालयका प्रधानाध्यापक टेकबहदुर थापा मगरले जानकारी दिए ।
ग्रामिण भेगका नगरिकहरु स्वस्थ्यको पहुँच सम्म पुग्न कठिन भएको स्वर्गीय सुजना स्वास्थ्यकर्मी भएकोले उनको स्मृतिमा स्वस्थ्य शिबिर आयोजना गरिएको बताइएको छ ।
सिविरमा आँखा ,कान , दन्त र आयुर्वेद सेवा प्रदान गरिएको थियो । त्यसैगरी आजै बिद्यालयमा स्थपना गरिएको सुजना सेर्मा स्मृती अक्षयकोष छात्रवृत्ती स्वरुप कक्षा नर्सरी देखि कक्षा ५ सम्मका गरिब तथा जेहेन्दर बिद्यार्थीहरुलाइ बिद्यालय पोशक बितरण गरिएको छ भने बिध्यलयको शैक्षिक गुणस्तर वृद्धिको लागि १५ हजर ४५ रुपैयाँ प्रदान गरेको अक्षयकोष दाता भुवानी प्रसाद सेर्माले बताए । आजै सुजनाको घर दक्षिणको सडक सुजना मार्गको नामाकरण समेत गरिएको छ ।
