उर्लाबारी/ धिमाल भाषाकाे गीति संग्रह ल्हाेकाईनेकाे ‘उर्निदाेङ खेतेङसाङ लेतेङसाङ’ बाेलकाे गीतकाे म्युजिक भिडियाेकाे छायाङ्कन सम्पन्न भएकाे छ ।

उर्लाबारी स्थित सुनझाेडा ग्रामथान परिसरमा म्युजिक भिडियाेकाे छायाङ्कन गरिएकाे निर्माण पक्षले जनाएकाे छ । म्युजिक भिडियोमा जय धिमाल, कुसुम धिमाल, अञ्जली धिमाल लगायतको मुख्य भुमिका रहेको छ । सञ्जिव धिमाल र पुष्पा धिमालकाे गायन रहेकाे गितकाे शब्द/संगीत सञ्जिव धिमालकाे रहेकाे छ । भरत धिमालले नृत्य काेरियाेग्राफी गर्नु भएकाे म्युजिक भिडियाेलाई सुवर्ण धिमालले निर्देशन गरेका छन । भिडियाे नयाँ वर्षमा सार्वजनिक गरिने निर्देशक सुवर्ण धिमालले जानकारी दिए ।

Facebook Comments Box