दमक/ पहाडी लोकमार्गको खोटाङ हलेसीतुवाचुङ नगरपालिका १ कदुवामा तिर्थयात्री बोकेको बस दुर्घटना भएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन ।

अन्य १६ जनाको अवस्था सामान्य छ । प्रहरीका अनुसार आज बिहान ११ बजे हलेसी दर्शन गरेर सप्तरी तर्फ फर्किदै गरेको बस दुर्घटनामा परेको हो । बा३ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसेर दुर्घटना हुँदा सो बसका सह–चालक सिन्धुली घ्याङलेक गाउँपालिका १ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले दुर्घटनाका कारण अवरुद्ध भएको सडक दिउसो सवा २ बजे खुलाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगले जनाएको छ ।

 

 

 

Facebook Comments Box