गौरीगञ्ज/ गौरीगञ्ज गाउँपालिका वार्ड नं. १ महाभाराकी एक महिलामा आज काेराेना पाेजिटिभ पुष्टि भएकाे छ ।
सुरूङ्गा स्थित काेराेना परिक्षण प्रयोगशाला काेटीहाेममा पिसिआर परिक्षण गर्दा २४ बर्षिया महिलालाई काेराेना पाेजिटिभ देखिएको प्रहरी चाैकी महाभाराले जनाएकाे छ । काेराेना महामारीकाे दाेस्राे लहरमा गाैरीगंजमा पहिलाे पटक काेराेना पाेजिटिभ पुष्टि भएकाे हाे । उनले बैदेशिक रोजगारीम जाने प्रयोजनका लागि पीसिआर परिक्षण गराएकी थिइन ।
हाल उनकाे अवस्था सामान्य रहेकाे र घर मै सुरक्षित बसिरहेकी छन् । तर जिल्ला जनस्वास्थ्य कार्यालय झापाले प्रकाशित गरेकाे जिल्लाकाे काेराेना रिपाेर्टमा काेही पनि काेराेना पाेजिटिभ नभएकाे जनाईएकाे छ ।