दमक/झापाको दमकमा दश बर्ष अघि स्थापना भएको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले आज १० औं बार्षिकोत्सव मनाएको छ ।

दमक ६ स्थित संस्थाको कार्यालय परिसरमा अध्यक्ष टिकाराज सापकोटाले बार्षिकोत्सवको उद्घाटन गरे । सो अवसरमा अध्यक्ष सापकोटाले संस्थाले यस क्षेत्रको वित्तीय आवश्यकतालाई पूरा गर्नुका साथै यहाँको सामाजिक काममा समेत सहयोग पुरयाउँदै आएको बताए ।
उनले हरेक बर्षझैं बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको रक्तदानमा सहभागिता जनाएर मानवीय सेवामा समर्पित हुन संस्थाका सदस्यहरु र इच्छुक रक्तदाताहरुलाई आव्हान गरे ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सञ्चालन भईरहेको रक्तदानमा संस्थाका कर्मचारी, शेयर सदस्य, स्थानीय उद्योगी, व्यापारी तथा सर्वसाधारणहरुले रक्तदान गरिरहेका संस्थाका कर्मचारी दिपक नेपालले जानकारी दिए । रक्तदाताहरुलाई सहकारीले टिसर्ट र प्रमाण पत्र प्रदान गर्ने कार्यक्रम रहेको पनि नेपालले बताए ।

Facebook Comments Box