दमक/पूर्वेली गायक कुशल थलङको नयाँ गीत “हाक्पारे ख्याली” सार्वजनिक भएको छ । लिम्बू संस्कृतिमा आधारित रहेको लिम्बू गीतको भिडियो गायक कुशलको आफ्नै यूटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीत मदन चोङबाङको शब्द र संगीतमा तयार भएको हो ।
‘हाक्पारे ख्याली, च्याब्रुङको धुन, गम्कन्छ गाउँघरमा, असाध्यै राम्रो सोल्टिनी देखेँ, सिरिजङ्गा गाउँमा’ भाव आउने गीतको भाषा सुपरिवेक्षण यासेली योङहाङले गरेका हुन् । भिडियोमा गाउँघरको विम्ब उतारिएको छ भने बिउभाले पालेर आफ्नो खाजाखाने मेलोको प्रसँग गज्जबले प्रस्तुति गरिएको छ । भिडियोमा कुशल थलङ स्वयमको अभिनय देख्न सकिन्छ साथमा विष्णु मोक्तान, सोनम थोक्लिहाङ लिम्बू र निश्चल कुलुङले अभिनय गरेका छन् ।
टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका छन् । त्यसैगरी उक्त गीतलाई भ्वाइस अफ डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
पूर्व कै चर्चित छायाँकार एवं कोरियोग्राफर भुपेन्द्र तुम्बाहाम्फेले मिक्लाजुङका विभिन्न दृश्यहरुलाई कलात्मक शैलीमा छायाँकन गरेका छन । त्यसैगरी भिडियोलाई चर्चित कोरियोग्राफर दिनेश माङ्मूले निर्देशन गरेका छन् । सोम मगं्रानतीको श्रृङ्गार, अनिल रानाको सम्पादन, साथै तेज मेन्याङ्बो र शैलेन्द्र नाल्बोको भिडियो निर्माण गरेका हुन् । लिम्बुवान खबरबाट

Facebook Comments