चुलाचुली/ इलामको चुलाचुली गाउँपालिकाका नागरिकले भुमि सम्बन्धी कामका लागि झापा हुँदै आफ्नै जिल्लाको सदरमुकामसँग धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अब नापी तथा मालपोतसम्बन्धी सेवा चुलाचुलीबाटै प्रवाह हुने भएपछि सामान्य सेवा लिनसमेत इलाम सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । स्थानीय नागरिकको लामो समयदेखिको माग, गाउँपालिकाको निरन्तर पहल, […]